पोखरामा कलाकार ‘वात्स्यायन’लाई रथारोहणसहित नागरिक अभिनन्दन
पाेखरा | चैत ४, २०७९
पोखरा: पोखरामा वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’लाई रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ ।
‘वात्स्यायन’ ८० वर्ष पूरा भएको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा पोखरामा क्रियाशील दजएन बढी वाङ्ममय तथा सामाजिक संघसंस्थाले अभिनन्दन गरेका हुन् ।

नदीपुरस्थित उनको घरबाट सुरू भएको रथयात्रा बगर, ट्याक्सी चोक,बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरमा पुगेर अभिनन्दन समारोहमा परिणत भएको थियो । बाजागाजासहितको रथयात्रालाई स्थानीयले घरघर अघि फूल र घडाले स्वागत गरेका थिए । समारोहमा पोखरा महानगरसहित विभिन्न संघसंस्थाले सम्मानपत्रले सम्मान गरे ।

रथारोहणमा वरिष्ठ साहित्यकाहरू सरुभक्त, तीर्थ श्रेष्ठ, वरिष्ठ गायिका हरिदेवी कोइराला लगायतका कलाकार सहभागी थिए। साहित्यकार, कलाकार, नागरिक समाज, विद्यार्थीलगायतले ब्यानरसहित उपस्थिति जनाएका थिए। समारोहमा उनको धर्मपत्नी, छोराहरू र परिवारका सदस्यको पनि उपस्थिति थियो।

वात्स्यायन १९९९ सालको चैत ५ गते कास्कीको आर्बा (हाल पोखरा-१३) मा जन्मिएका थिए । पोखरालाई ‘पानी रङको विद्यालय’का रुपमा चिनाउने मुख्य श्रेय उनै कलाकार वात्स्यायनलाई जान्छ । करिब ३० को दशकमा पोखरामा ‘इगल आई’नामक आर्ट स्टुडियो खोलेर उनले पोखरामा पानीरङ चित्र्याएका थिए ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

